आइतबार, फागुन २३, २०७७

काठमाडौँमा ३६३ जनामा कोरोना संक्रमण

ज्योतिन्यूज २०७७ पुष २ गते १६:४३

काठमाडौँ । विहिबार काठमाडौँ उपत्यकामा थप ३६३ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा काठमाडौँमा २७३, भक्तपुरमा ४१ र ललितपुरमा ४९ जना कोरोना संक्रमित थपिएका हुन्।

गत चौबीस घन्टामा ६ हजार ५ सय ८८ पीसीआर परीक्षण भएको छ भने संक्रिय संक्रमितको संख्या ९ हजार ५ सय ८० रहेको छ।

यस्तै देशभर २८१ जनाको आईसीयु र ५९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रतिक्रिया