मंगलबार, फागुन २५, २०७७

ओलीलाई प्रचण्डको प्रश्न – संवैधानिक परिषदको बैठक किन बोलाएको ?

ज्योतिन्यूज २०७७ पुष २ गते १६:५४

काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार साँझका लागि संवैधानिक परिषद्को बैठक बोलाउनुको कारणबारे प्रधानमन्त्री ओलीलाई प्रश्न गर्नुभएको छ ।

केहीबेर अघि ओलीको निमन्त्रणामा बालुवाटार पुग्नुभएका अध्यक्ष दाहालले अध्यादेश फिर्ता लिने निर्णय भइसकेको अवस्थामा बैठक किन बोलाएको भनेर प्रश्न गर्नुभएको थियो । त्यसपछि ओलीले केही सरसल्लाह गर्नुपरेकोले बैठक बोलाएको भन्दै पूर्ण जवाफ नदिएको स्रोतको भनाई छ ।

प्रचण्डले आपत्ति जनाएसँगै हाललाई बैठक स्थगन भएको छ । यसअघि ओलीले मंगलबार ल्याएको अध्यादेश फिर्ता नहुँदै बैठक बोलाइएको भन्दै नेताहरुले आपत्ति जनाएका थिए ।

आज साँझ बोलाइएको मन्त्रिपरिषद बैठकले उक्त अध्यादेश फिर्ता लिन राष्ट्रपतिलाई सिफारिस गर्ने बताइएको छ।

प्रतिक्रिया