श्रीलंकालाई विश्वकप जिताएका व्ह्याटमोर बने नेपाली टिमको मुख्य प्रशिक्षक
ज्योतिन्यूज
२०७७ पुष २ गते १७:०८
काठमाडौँ । श्रीलंकालाई विश्वकप जिताएका डेभ व्ह्याटमोर नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।
विहिबार एक बक्तब्य जारी गर्दै नेपाल क्रिकेट संघ क्यानले आगामी जनवरी १ देखि लागु हुने गरी उनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको छ ।
श्रीलंकाले सन् १९९६ मा विश्वकप जितेको बेला व्ह्याटमोर त्यस टिमको मुख्य प्रशिक्षक थिए । उनी बंगलादेश, पाकिस्तान र जिम्बाबेको समेत मुख्य प्रक्षिक्षक भईसकेका छन् ।
श्रीलंकामा जन्मिए पनि उनी अष्ट्रेलियाका हुन् । उनले अष्ट्रेलियाको राष्ट्रिय टोलीबाट समेत खेलेका छन् ।
त्यस्तै क्यानले टिमको जेनरल म्यानेजरमा रौनक बहादुर मल्ल, चिफ फाइनान्स अफिसरमा रमेश कुमार न्यौपाने र म्यानेजरमा विनोद दासलाई नियुक्त गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया