मंगलबार, असार ८, २०७८

ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

ज्योतिन्यूज २०७७ पुष २ गते १८:०३

बैतडी । यहाँ आज ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–८ का ट्याक्टर चालक २६ वर्षीय नरेशबहादुर विष्ट रहेका खोचलेक प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायब निरीक्षक मोती बमले जानकारी दिनुभयो ।

सु प प्र ०१ ००२ त ४९५७ नम्बरको ट्याक्टर गाउँपालिकाको सिल्लेगडा–माल्लेक सडकखण्डको घोडेधारमा दुर्घटनामा परेको हो । सिल्लेगडाबाट सरिया सिमन्ट बोकेर कुुकुुडेपानीतर्फ जाँदै गरेको ट्याक्टर तुसारो परेको सडकबाट चिप्लेको खोचलेक प्रहरी चौकीले जनाएको छ ।

उक्त ट्याक्टरमा अन्य चार जना पनि सवार रहेका भए पनि उनीहरु सकुशल रहेका प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल पठाइएको छ । ट्याक्टर सडकमै पल्टेको हो ।

प्रतिक्रिया