शुक्रबार, वैशाख ३१, २०७८

देशभर चिसो अत्यधिक बढ्यो, काठमाडौंको तापक्रम दुई डिग्री

ज्योतिन्यूज २०७७ पुष ३ गते ७:१४

काठमाडौं । पुस लागेसंगै काठमाडौं उपत्यका सहित देशभर चिसो अत्यधिक बढेको छ । उपत्यकामा आज (शुक्रबार) बिहानको तापक्रम दुई डिग्री मापन गरिएको छ ।

यो वर्षको सबैभन्दा न्यूनतम तापक्रम मापन आजै गरिएको मौसमविद् सजिना शाक्यले बताउनुभयो । पछिल्ला केही दिन लगातार तापक्रम घट्ने क्रम जारी रहेको छ । उहाँका अनुसार बिहान पौने सातबजे मापन गरिएको तापक्रममा अहिले केहीबेरपछि घटबड हुन पनि सक्नेछ ।

प्रतिक्रिया