मंगलबार, कार्तिक ९, २०७८

कांग्रेस प्रवक्ता शर्मा अब कार्यक्रम प्रस्तोता

ज्योतिन्यूज २०७७ पुष ३ गते ७:१९

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले टेलिभिजन कार्यक्रम सन्चालन गर्ने हुनुभएको छ ।

सामाजिक घटनामा आधारित कार्यक्रम ‘ऐना’ले बिहिबार एक कार्यक्रमकाबीच कार्यक्रम प्रस्तोता सार्वजनिक गरेको हो, जस्मा शर्मालाई देखाइएको छ ।

होराइजन मिडिया प्रालीले निर्माण गर्ने यो कार्यक्रम कान्तिपुर टेलिभिजनबाट यही माघ ७ गतेदेखि हरेक बुधबार प्रशारण हुने जानकारी गराइएको छ ।

कार्यक्रम प्रस्तोता शर्माले आफू राजनीतिमा जवाफ दिने ठाउँ रहेपनि कार्यक्रममा प्रश्न सोध्ने भूमिकामा रहेको बताउनुभयो ।

‘ऐना’ टेलिभिजन कार्यक्रम मात्र नभएर एउटा सामाजिक विद्रोह पनि भएको शर्माको भनाइ छ ।

कार्यक्रम सामाजिक मुद्दामा केन्द्रीत हुने कार्यक्रम निर्माता राधाकृष्ण धितालले जानकारी दिए । ‘ऐना’को निर्देशन अमनप्रताप अधिकारीले गर्नुहुने छ ।

प्रतिक्रिया