मंगलबार, कार्तिक ९, २०७८

साइबर आक्रमणकारीको निशानामा अमेरिकी मन्त्रालय

ज्योतिन्यूज २०७७ पुष ३ गते ७:२४

वाशिङटन । साइबर आक्रमणकारीहरुले अमेरिकाका विभिन्न मन्त्रालयलाई निशाना बनाएको अमेरिकी अधिकारीहरुले जनाएका छन्। यसैसाता साइबर ह्याकिङको खुलासा भएको हो।

अमेरिकी साइबर सेक्युरिटी एण्ड इन्फ्रास्ट्रक्चर सेक्युरिटी एजेन्सी (सीआइएसए) ले साइबर आक्रमण रोक्नु निकै पेचिलो भएको बताएको छ। अमेरिकी अधिकारीहरुले साइबर आक्रमणमा रुसको हात रहेको दाबी गरे पनि रुसले यसलाई अस्वीकार गरेको छ।

बिहीबार सीआइएसएले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘सरकारी एजेन्सी, संवेदनशील पूर्वाधार तथा निजी संस्थामा ह्याकिङका खतरनाक खेलाडीद्वारा निशाना बनाइएको छ, जसको सुरुवात मार्च २०२० देखि भएको छ।’

ह्याकरहरु अमेरिकी विदेश, रक्षा, आन्तरिक सुरक्षा, अर्थ तथा वाणिज्य मन्त्रालयका गोप्य सूचनामा प्रवेश गरेको बताइएको छ।

नवनिर्वाचित राष्ट्रपति जो बाइडनले साइबर सुरक्षालाई आफ्नो प्रशासनले उच्च प्राथमिकता दिने बताएका छन्।

प्रतिक्रिया