आइतबार, जेठ २, २०७८

बद्री पंगेनीको ‘तिम्रो घरमा मेरी छोरी’मा जातिय विभेदको मुद्दा (भिडियोसहित)

काठमाडौं । लोक तथा दोहोरी गायक तथा सर्जक बद्री पंगेनीको नयाँ गीत तिम्रो घरमा मेरो छोरी यतिबेला बजारमा छ ।

आफ्ना हरेक गीतमा केहि न केहि सन्देश दिदै आएका गायक पंगेनीले यस गीतमाभने जातिय विभेदको मुद्दालाई उठान गरेका छन् । पंगेनीसंगै गीतमा गायिका रचना रिमालकोपनि स्वर रहेको छ ।

“तिम्रो घरमा मेरो छोरी
कला चल्यो गला चल्यो
मान्छे चलेन
तिम्रो घरमा मेरी छोरी
भान्छे चलेन
किन सम्धिनी मान्छे चलेन‘”
गीतमा यी शब्द समेटिएका छन् । गीतको म्युजिक भिडियोमा सन्तोष पन्त र लक्ष्मी गिरी, टीका जैसी, रेश्मी भट्ट, कृष्ण बराल, मनिषा राउत र बालकलाकार जेनिशा बुढा मगरकोले अभिनय गरेका छन् ।

नारायण ज्ञवालीका शब्द र संगीत पंगेनीकै छ भने गीत पंगेनीकै अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतमा अन्तरजातीय विवाहलाई बिचमा नस्विकारेपनि अन्त्यमा सपरिवारले खुशीकासाथ स्विकार गरेको भावलाई समेटिएको छ ।

प्रतिक्रिया