मंगलबार, कार्तिक ९, २०७८

म्याराडोनाको शव सुरक्षित राख्न अर्जेन्टिना अदालतको आदेश

ज्योतिन्यूज २०७७ पुष ३ गते ८:२२

एजेन्सी । अर्जेन्टिनाको अदालतले अनुसन्धानका लागि आवश्यक हुन सक्ने भन्दै म्याराडोनाको शव सुरक्षित राख्न आदेश दिएको छ ।

अजेन्टिनाको एक अदालतले चर्चित फुटबल खेलाडी डिएगो म्याराडोनाको शव गाड्न रोक लगाएको हो ।

बीबीसीका अनुसार पितृत्व मामिलामा अनुसन्धान गर्न उनको डीएनए परीक्षण गर्न आवश्यक हुन सक्ने भन्दै अदालतले शव सुरक्षित राख्न भनेको हो। गत महिना हृदयाघातका कारण ६० वर्षीय म्याराडोनाको निधन भएको थियो।

प्रतिक्रिया