मंगलबार, कार्तिक ९, २०७८

कांग्रेस संसदीय दलको बैठक बस्दै

ज्योतिन्यूज २०७७ पुष ३ गते १०:४९

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज शुक्रबार बस्दैछ ।

संघीय संसद भवनमा अहिलेकेहिबेरमा बस्ने बैठकमा सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशका विषयमा छलफल हुने जनाइएको छ ।

संवैधानिक आयोगहरुमा नियुक्तिका लागि अप्ठेरो परेपछि सरकारले मंसिर ३० गते संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको थियो ।

यसअघि बसेको पदाधिकारी बैठकले पनि सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि काँग्रेसले अविलम्ब संसद अधिवेशन बोलाउन माग गरेको थियो ।

उक्त कदमको सत्तारुढ दलभित्रै व्यापक विरोध भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिने जनाइसकेका छन् । यसै विषयमा पार्टीका सांसदहरुबीच थप छलफल र सरकारविरुद्धका आगामी कार्यक्रमहरुका विषयमा छलफल गर्न काँग्रेसले बैठक बोलाएको हो ।

प्रतिक्रिया