शुक्रबार, कार्तिक ५, २०७८

अध्यादेशविरुद्धको रिटमाथि सुनुवाइ आज

ज्योतिन्यूज २०७७ पुष ३ गते ११:०१

काठमाडौं । सरकारले ल्याएको विवादास्पद अध्यादेशविरुद्धको रिटमाथि सुनुवाइ हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत मंगलबार जारी गरेको संवैधनिक परिषद्सम्बन्धी अध्यादेशविरूद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाइ हुने भएको हो ।

अध्यादेश बदर गर्नुपर्ने माग गर्दै छुट्टाछुटै तीन वटा रिट निवेदन दायर गरिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याल र कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रपतिको कार्यालयलगायतलाई विपक्षी बनाई रिट निवेदन दायर गर्नुभएको थियो ।

नेपालको संविधानले नै संवैधानिक परिषद्मा छ सदस्यीय संरचनाको व्यवस्था गरेको उल्लेख गर्दै रिट निवेदनमा अध्यादेशले संविधानको मूल्यमान्यतलाई भत्काएको उल्लेख छ । उक्त रिटमाथि सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको हो ।

प्रतिक्रिया