शुक्रबार, कार्तिक ५, २०७८

ज्योति विकास बैंकको लाभांश घाेषणा

ज्योतिन्यूज २०७७ पुष ३ गते ११:४०

काठमाडौँ । ज्योति विकास बैंकले गत आर्थिक वर्ष २०७६÷०७७ को लाभांश प्रस्ताव गरेको छ । पुस २ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने ३४ करोड ९५ लाख रुपैयाँ लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएर आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

प्रतिक्रिया