आइतबार, जेठ २, २०७८

शुक्रवार पनि बढ्यो सुनचाँदीको भाउ, हेर्नुहोस तोलाको कति ?

ज्योतिन्यूज २०७७ पुष ३ गते ११:४२

काठमाडौँ । पौष महिनाको सुरुवातदेखि नै बढीरहेको सुनको भाउ शुक्रवार पनि बढेको छ ।

शुक्रबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

यसदिन छापावाला सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।

यसैगरी शुक्रबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले वृद्धि भएको छ । आज चाँदी प्रतितोला एक हजार २८० रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन चाँदी प्रतितोला एक हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया