शुक्रबार, कार्तिक ५, २०७८

अमृत खाती र उमा श्रेष्ठको ‘मिरमिरे साइली’ बजारमा (भिडियोसहित)

काठमाडौं । गायक तथा सर्जक अमृत खाती र उमा श्रेष्ठको लोक दोहोरी गीत मिरमिरे साइली बजारमा आएको छ । डी ए आर मुभिज डिजिटल मार्फत भिडियोसहित बजारमा आएका हो । गीतमा गायक खातीकै शब्द र संगीत रहेको छ ।

बिक्रम चौहानको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा संजिव ठकुरी र अनुपमा भण्डारीको अभिनय देख्न सकिने छ।

उक्त गीतको छायाङ्कन दीपक गिरिले गर्नु भएको थियो भने सम्पादन लक्ष्मण चौहानर मिलन विश्वकर्माको रहेको छ।

गीत डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ।

प्रतिक्रिया