शुक्रबार, कार्तिक ५, २०७८

प्रचण्ड – नेपाल पक्षले बोलायो गुटगत भेला

ज्योतिन्यूज २०७७ पुष ३ गते १२:०४

काठमाडौँ । नेकपा भित्र शक्ति संघर्ष चर्किरहेको अवस्थामा ओली इतर नेताहरुले गुटगत भेला डाँकेका छन् ।

शुक्रवार पार्टी केन्द्रीय कार्यालयमा प्रदेश १ का प्रचण्ड-नेपाल पक्षीय नेताहरूको भेला आयोजना गरिएको छ ।

प्रदेश १ का आफू निकट जिल्ला अध्यक्ष र सचिवहरु तथा केन्द्रीय सदस्यहरुको भेला बोलाइएको हो ।

उक्त भेलामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ माधव कुमार नेता नेपाल सहितका नेताहरुले सम्बोधन गर्ने भएका छन् ।

त्यसैगरी वरिष्ठ नेता माधवकुमार नेपालको निर्वाचन क्षेत्र काठमाडौँ–२ मा दिउँसो १ बजे भेला आयोजना गरिएको छ ।

भेलालाई नेताहरु अष्टलक्ष्मी शाक्य, जीवनराम श्रेष्ठ, नारायण दाहाल लगायतले सम्बोधन गर्ने छन् ।

नेकपा भित्र दुई पक्षको विवाद बढीरहेको अवस्थामा प्रचण्ड नेपाल पक्ष र ओली पक्षले आफुलाई बहुमत पुर्याउने कसरतमा छन् ।

प्रतिक्रिया