शुक्रबार, कार्तिक ५, २०७८

सभामुख सापकोटाको मुद्दा हेर्न नभ्याइने

ज्योतिन्यूज २०७७ पुष ३ गते १३:३९

काठमाडौं । सर्वोच्च अदालतले सभामुख अग्नि सापकोटाको अवहेलना सम्बन्धी मुद्दाको पेशी शुक्रवार हेन नभ्याउने भएको छ । यसअघि आजको लागि पेशी तोकिएकोमा पालो नआउने भन्दै अर्काेपटकलाई सारिएको हो ।

सापकोटाको मुद्दा प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा परेको थियो ।

यसअघि ३० फागुन २०७६ मा यो मुद्दा पेसीमा चढाइएको थियो, तर हेर्न नभ्याएपछि सुनुवाई सरेको थियो ।

के हो मुद्धा ?
सभामुख सापकोटामाथि सशस्त्र आन्दोलन जारी रहेका बेला २०६२ वैशाख १६ गते काभ्रेको छत्रबाँझस्थित कृष्ण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन लामालाई अपहरण गरी हत्यामा संलग्न भएको आरोप छ ।

साउन तेस्रो साता लामालाई खाल्डो खन्न लगाएर जिउँदै पुरेको भन्दै उनकी पत्नी पूर्णिमायाले २०६४ सालमा जाहेरी दिएकी थिइन् । प्रहरीले जाहेरी लिएन ।

त्यसविरुद्ध पूर्णिमायाले सर्वोच्चमा रिट हालेपछि २२ फागुन २०६४ मा सर्वोच्चले आदेश दियो र जाहेरी दर्ता भयो । तर बाबुराम भट्टराई नेतृत्वको सरकारले सापकोटाविरुद्धको जाहरी तामेलीमा राख्ने निर्णय गर्‍यो ।

त्यसविरुद्ध पूर्णिमाया फेरि सर्वोच्च गइन् । सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दियो । यो मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन छ ।

मुद्दा विचाराधीन रहेकै बेला सापकोटा सञ्चारमन्त्री भएको समयमा सापकोटाले पत्रकार कनकमणी दीक्षितविरुद्ध सर्वोच्च अदालतमा अवहेलना सम्बन्धी मुद्दा समेत दायर गरेका थिए ।

प्रतिक्रिया