शुक्रबार, कार्तिक ५, २०७८

सर्वाेच्चले ‘हेर्न भ्याएन’ अध्यादेशविरुद्धको मुद्दा

ज्योतिन्यूज २०७७ पुष ३ गते १४:०८

काठमाडौं । शुक्रवार हुने भनिएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध परेका तीनवटा रिटमाथिको सुनुवाई सर्वोच्च अदालतले हेर्न नभ्याउने भएको छ ।

प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा सहित वरिष्ठ न्यायाधीशहरु सम्मिलित इजलासमा तोकिएको उक्त मुद्धाको फैसला आज नहुने भएको हो ।

प्रधान न्यायाधीश अध्यक्षताको संवैधानिक इजलासमा सर्बोच्च अदालतका वरिष्ठ न्यायाधीशहरु दिपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ सदस्य रहेका छन् ।

सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेजीको माग लिएर अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र कञ्चनकृष्ण न्यौपानेले अलग अलग रिट दायर गर्नुभएको थियो ।

सरकारले मंगलवार जारी गरेको संवैधानिक परिषदको अध्यादेशको चर्काे विरोध भएपनि फिर्ता गर्ने भनिएपनि हुन सकेका छैन ।

शुक्रवारको लागि तोकिएको सभामुख अग्नि सापकोटाको अवहेलना सम्बन्धी मुद्दाको पेशी पनि शुक्रवार हेन नभ्याइनेमा राखिएको छ ।

प्रतिक्रिया