शुक्रबार, कार्तिक ५, २०७८

अध्यादेश फिर्ता गर, संसद अधिवेशन बोलाऊः कांग्रेस

ज्योतिन्यूज २०७७ पुष ३ गते १४:२८

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तत्काल फिर्ता लिन र संसदको अधिवेशन आह्वान गर्न माग गरेको छ ।

बैठक संसद भवन नयाँ बानेश्वरको एक हलमा बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन र संसद अधिवेशन बोलाउन आनाकानी गरेको विषयमा आपत्ति जनाएको छ ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले बैठकमा सरकारको काम, अध्यादेश, हिउँदे अधिवेशन, उखु किसानहरुको आन्दोलन लगायतका विषयमा छलफल भएको बताउनुभयो ।

प्रतिक्रिया