शुक्रबार, कार्तिक ५, २०७८

सबै उखु किसानले शनिवार रकम पाउने उद्योगमन्त्रीको दावी

ज्योतिन्यूज २०७७ पुष ३ गते १५:०८

काठमाडौँ । उद्योगमन्त्री लेखराज भट्टले शनिवार उखु किसानहरूले सबै भुक्तानी रकम पाउने दावी गर्नुभएको छ ।

शुक्रवार माइतीघर मण्डलामा आन्दोलनरत उखु किसानहरूसँग बोल्दै उनले शनिवार सबै उखु किसानहरूले भुक्तानी हुन बाँकी रकम पाउने बताउनुभएको हो ।

एकहप्तादेखि माइतीघरमा उखु किसानहरुले प्रदर्शन गरिरहेका छन् । गत बर्ष पौष १८ गते भएको सम्झौता कार्यान्वयन गर्न माग गर्दै उनीहरु फेरि आन्दोलित भएका हुन् ।

वाणिज्य बैंकका शाखाबाट उखु किसानहरूलाई रकम भुक्तानी गरिने उहाँको दावी छ ।

प्रतिक्रिया