शुक्रबार, कार्तिक ५, २०७८

किसानको आन्दोलनमा पुगेका उद्योगमन्त्रीविरूद्ध नाराबाजी

ज्योतिन्यूज २०७७ पुष ३ गते १५:३७

काठमाडौं – उखु किसानहरुको आन्दोलनमा सर्मथन गर्न माइतीघर मण्डला पुगेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टविरुद्ध नारावाजी भएको छ ।

भट्टले किसानहरुले पैसा पाउने कुरा बताएपनि स्पष्ट योजना नल्याएको भन्दै किसानहरुले नारा लगाएका हुन् ।

सोही अवसरमा मन्त्री भट्टले शनिवार उखु किसानहरूले सबै भुक्तानी रकम पाउने दावी गर्नुभएको छ । किसानहरूसँग बोल्दै उनले शनिवार सबै उखु किसानहरूले भुक्तानी हुन बाँकी रकम पाउने बताउनुभएको हो ।

एकहप्तादेखि माइतीघरमा उखु किसानहरुले प्रदर्शन गरिरहेका छन् । गत बर्ष पौष १८ गते भएको सम्झौता कार्यान्वयन गर्न माग गर्दै उनीहरु फेरि आन्दोलित भएका हुन् ।

वाणिज्य बैंकका शाखाबाट उखु किसानहरूलाई रकम भुक्तानी गरिने उहाँको दावी छ ।

प्रतिक्रिया