शुक्रबार, कार्तिक ५, २०७८

शुक्रवार पनि संक्रमित भन्दा निको हुनेको संख्या धेरै

ज्योतिन्यूज २०७७ पुष ३ गते १५:५६

काठमाडौँ । शुक्रवार नेपालमा कोरोना संक्रमित भन्दा निको हुनेको संख्या धेरै रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज थप ७ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५२ हजार ४ सय ७४ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा १०२९ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४१ हजार ३ सय ९२ पुगेको छ।

त्यस्तै, थप १६ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाको कारण निधन हुनेको संख्या एक हजार ७ सय ६५ पुगेको छ।

प्रतिक्रिया