शुक्रबार, कार्तिक ५, २०७८

शुक्रवार कोरोनाको कारण १६ जनाको मृत्यु

ज्योतिन्यूज २०७७ पुष ३ गते १५:५९
फाइल फोटो

काठमाडौँ । शुक्रवार कोरोनाभाइरस संक्रमण पुष्टि भएका १६ जनाले ज्यान गुमाएका छन् ।

यो सँगै नेपालमा यस महामारीको कारण निधन हुनेहरुको संख्या एक हजार ७ सय ६५ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज थप ७ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५२ हजार ४ सय ७४ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा १०२९ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४१ हजार ३ सय ९२ पुगेको छ।

प्रतिक्रिया