शुक्रबार, कार्तिक ५, २०७८

बझाङमा भीरबाट लडेर घटनास्थलमै मृत्यु

ज्योतिन्यूज २०७७ पुष ३ गते १७:४४

बझाङ । साईपाल गाउँपालिका-५ न्यूना बस्ने १८ वर्षीय बीरेन्द्र बोहराको शुक्रबार बिहान सोही
ठाउँस्थित भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको छ ।

घरबाट ३० मिनेट टाढा खोलाबाट आफ्नै घरको घर छाउने सिलेट (पत्थर) ल्याउने क्रममा भिरबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया