शुक्रबार, कार्तिक ५, २०७८

मौसम: तराईमा बाक्लो हुस्सु, अन्य भू-भागको कस्तो ?

ज्योतिन्यूज २०७७ पुष ४ गते ७:००

काठमाडौं । अहिले नेपालको पश्चिमी तथा मध्य तराई भू-भागका अधिकांश स्थानहरुमा बाक्लो हुस्सु तथा कुहिरो लागिरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा उत्तर पश्चिमी वायुको प्रभाव रहेकोले बदली भएको हो ।

यस्तो छ तीन दिनको पूर्वानुमान

पौष ४ गते (शनिबार)
दिउँसो : प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका भू-भागहरुमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : प्रदेश नं १, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

पौष ५ गते (आइतबार)
दिउँसो : प्रदेश नं १ र गण्डकी प्रदेशका भू-भागहरुमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश तथा गण्डकी प्रदेश भू-भागहरुमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

पौष ६ गते (सोमबार)
दिउँसो : कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेश भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेश भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिक्रिया