शुक्रबार, कार्तिक ५, २०७८

कोरोनाका कारण युईएफएद्धारा यू–१७ फुटबल च्याम्पियनसिप रद्ध

ज्योतिन्यूज २०७७ पुष ४ गते ७:२६

एजेन्सी । युरोपेली फुटबल महासंघ (युईएफए)ले अर्को वर्ष हुने उमेर समुहको यू–१७ फुटबल प्रतियोगिता रद्ध गरेको छ ।

कोरोनाको खतरालाई कारण देखाउँदै युईएफएले अर्को वर्ष हुने अन्डर–१७ युरोपियन च्याम्पियनसिप रद्ध गर्ने निर्णय लिएको हो ।

शुक्रबार प्राप्त जानकारी अनुसार युईएफएले अर्को वर्ष महिला र पुरुषको यू–१७ फुटबल च्याम्पियनसिप आयोजना गर्ने छैन । कोरोनाको खतरालाई आँकलन गर्दै युईएफएले कठोर निर्णय लिएको बताएको छ ।

दुवै प्रतियोगिता तालिका अनुसार मे महिनामा हुने तय थियो । साईप्रसले पुरुषको प्रतियोगिता र आईल्याण्डले महिलाको प्रतियोगिता आयोजना गर्ने तय भएको थियो ।

युईएफएले भन्यो, ‘युरोपका धेरै स्थानमा महामारीको वर्तमान अवस्था हेर्दा सन् २०२१ मा सुरुवाती महिनामा उमेर समुहको प्रतियोगिताको आयोजना गर्न नसकिने भएको छ ।’

युईएफएको कार्यकारी समितिले वार्षिक क्यालेन्डर अनुसार यू–१९ च्याम्पियनसिप भने निर्धारित समयमा आयोजना गर्नेछ । यस प्रतियोगिता रोमानिया र बेलारुसमा आयोजना हुनेछ ।

प्रतिक्रिया