शुक्रबार, कार्तिक ५, २०७८

गुल्मीमा अटो रिक्सा दुर्घटना : एक जनाको मृत्यु, चार घाइते !

ज्योतिन्यूज २०७७ पुष ४ गते ८:४९
तस्वीर – खेलोमेलो

गुल्मी । जिल्लामा अटोरिक्सा दुर्घटना हुँदा एकजनाकोे निधन भएकोे छ । त्यस्तै ४ जना घाइते भएका छन । शुक्रबार गैडाकोटबाट सदरमुकाम तम्घास जाँदै गरेको लु १ ह २७४३ नम्बरको अटो रिक्सा रेसुङा नगरपालिका – १३ भगेरिमा अनियंत्रित भैइ दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि अटो रिक्सा चालक रेसुङा नगरपालिका १२ का ३० वर्षीय तेज बहादुर रानाको जिल्ला अस्पताल गुल्मीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । त्यस्तै दुर्घटनामा परि रेसुङा नगरपालिका २ का वर्ष २७ का सुनिल विक र वर्ष १८ का सुरज विक गम्भीर घाइते भएका छन ।

उनिहरुको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैरहेको छ । त्यस्तै रेसुङा नगरपालिका २ का १६ वर्षीय रोशन परियार र रेसुङ नगरपालिका १२ क १० वर्षीय रमेश खत्रीको अवस्था मध्यम रहेको र जिल्ला अस्पतालमा उपचार भैरहेको छ ।

गयराती ८ः४५ को समयमा अटो दुर्घटना भएको थियो भने अटो रिक्सा सडक बाट करिब २०० मिटर तल खसेको गुल्मी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया