शुक्रबार, कार्तिक ५, २०७८

प्रधानमन्त्री ओली प्रचण्डसँगको भेटका लागि उनकै निवास खुमलटार जाँदै

ज्योतिन्यूज २०७७ पुष ४ गते ९:३२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार बिहान १० बजेपछि प्रचण्डसँगको भेटका लागि उनकै निवास खुमलटार जाने भएका छन् ।

पार्टी भित्रको आन्तरिक विवाद छरपष्ट भएर उत्कर्षमा पुगेको तथा आफू संकटमा आएको बेला प्रधानधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उनकै निवास जाने भएका छन् ।

ओली पक्षीय नेता तथा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले अध्यक्ष तथा प्रधानमन्त्री ओली प्रचण्डसँगको भेटका लागि उनकै निवास खुमलटार आउन लागेको जानकारी खुमलटारमा गराएका हुन् ।

त्यसपछि बालुवाटार र खुमलटारको सुरक्षाका लागि खटिएका टोलीबिच समन्वय भई सुरक्षा व्यवस्था कडा पारिएको छ ।

दुई अध्यक्षबिच बालुवाटारमा भेट भएको थियो । त्यसपछि शनिबार संकट समाधानको प्रयास स्वरुप भइरहेको वार्तालाई अघि बढाउन ओली खुमलटार जान लागेका हुन् ।

प्रतिक्रिया