शुक्रबार, कार्तिक ५, २०७८

ओलीपछि नेपाल पुगे खुमलटार

ज्योतिन्यूज २०७७ पुष ४ गते १२:४८

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग भेटपछि खुमलटारबाट बाहिरिहुभएको छ ।

आज बिहान १० बजेपछि खुमलटार पुग्नुभएका ओली करिब १ घण्टा ‘प्रचण्ड’सँग वार्ता गरेर बाहिरिनुभएको स्रोतले बताएको छ ।

ओली बाहिरिएसँगै वरिष्ठ नेता माधवकुमार नेपाल खुमलटार पुग्नुभएको छ । नेपालसँग प्रचण्डले ओलीसँग भएका कुराकानीबारे जानकारी गराउने बुझिएको छ ।

शुरुमा दुई अध्यक्ष मात्रै वार्तामा बसेका थिए । त्यसपछि केही समयपछि उपाध्यक्ष बामदेव गौतम पनि पुग्नुभएको थियो । ओलीसँगै उपाध्यक्ष गौतम पनि निस्किनुभएको छ ।

प्रतिक्रिया