शुक्रबार, वैशाख १०, २०७८

थपिए ४८८ संक्रमित, १० जनाको मृत्यु

ज्योतिन्यूज २०७७ पुष २७ गते १६:०३

काठमाडौँ । सोमबार नेपालमा ४८८ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६५ हजार २६८ पुगेको छ।

मन्त्रालयले सोमबार ५२७ जना कोरोना संक्रमित डिस्चार्ज भएको जनाएको छ ।

हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५८ हजार ९६८ पुगेको छ। हाल देशभर ४ हजार ३ सय ७३ जना सक्रिय संक्रमित रहेका छन्।

गत २४ घन्टामा ३ हजार ३ सय ९ पीसीआर परीक्षण भएको छ। यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय २७ पुगेको छ।

प्रतिक्रिया