शनिबार, वैशाख ४, २०७८

रामजीलाई परिक्षाहलबाट निष्काशन गर्ने कलेजलाई कारवाही गरिने

ज्योतिन्यूज २०७७ पुष २७ गते १६:११

काठमाडौँ । सोमबारबाट शुरु भएको एमबिबिएस चौथो बर्षको परिक्षा दिन गएका रामजी रामलाई परिक्षा हलबाट निकाल्ने वीरगन्जस्थित नेशनल मेडिकल कलेजलाई आइओएमले कारवाही गर्ने भएको छ ।

चिकित्सा शिक्षा आयोग र इन्स्टिच्युट अफ मेडिसिनको निर्देशन विपरीत परिक्षा दिनबाट बञ्चित गरिएको भन्दै कारवाही गर्ने भएको हो ।

रामजीको सबै शुल्क विश्वविद्यालय अनुदान आयोगले तिरिसकेको भन्दै आयोगले यसबारे अनुसन्धान गर्ने भएको छ ।

यस कलेजका सन्चालक बसरुद्धिन अन्सारी हुन् ।

प्रतिक्रिया