शनिबार, वैशाख ४, २०७८

संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई मात्रै छ: भण्डारी

ज्योतिन्यूज २०७७ पुष २७ गते १६:२२

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई मात्रै रहेको बताउनुभएको छ ।

सर्वोच्च अदालतमा रहेको विचाराधीन मुद्दामाथि सडकबाट फैसला गर्न नहुने भन्दै उहाँले प्रतिनिधि सभा पुनस्र्थापना हुने/नहुने विषयमा सर्वोच्च अदालतले गरेको निर्णयलाई नै सबैले आत्मसात् गर्नुपर्ने बताउनुभयो ।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले आज बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेता भण्डारीले सर्वोच्चमा विचाराधीन रहेको विषयमा पूर्व–प्रधानन्याधीशहरूले बोल्नु पनि गलत भएको टिप्पणी गर्नुभयो ।

विधिको शासन र व्यवस्थाप्रति विश्वास गर्नेले नै प्रतिनिधि सभा विघटनका बारेमा सर्वोच्चमा विचाराधीन अवस्थामा रहेका मुद्दा विषयमा बोल्नु गलत भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया