शुक्रबार, वैशाख १०, २०७८

डिएसपी खड्कामाथि छानविन गर्न समिती गठन

ज्योतिन्यूज २०७७ पुष २७ गते १६:३१

काठमाडौँ । विवादमा मुछिएका महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी रोशन खड्कामाथि छानविन गर्न समिति गठन गरिएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले डिएसपी खड्कामाथि छानविन गर्न प्रहरी उपरीक्षक (एसपी) भोलाराज रावलको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको हो ।

समितिमा महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी प्रमेश विष्ट र अपराध महाशाखाका डिएसपी निशान थापा सदस्य रहेका छन् ।

६ ओटा सुनको ब्रासलेट लुटपाटमा संलग्न समूहलाई छाडेर खड्काले घट्ना गुपचुप राखेको आरोपमा प्रहरीले उनीमाथि छानविन सुरु गरेको थियो ।

पुस १० मा सामाखुसीबाट दोलाखाका संयोग कार्की र सुवास तिमिल्सिनासहित ५ जनाले बेच्न खोजेको ३० तोला सुन लुटिएको थियो ।

लुटका योजनाकार मध्येका सुर्खेतका दीपक नेपालीलाई नयाँ बसपार्क प्रहरीले पक्रेर महानगरीय प्रहरी वृत्त महराजगञ्जमा बुझाएको थियो । तर, खड्काले नेपालीमाथि अनुसन्धान नगरी छाडेको पीडितको आरोप छ ।

प्रतिक्रिया