शनिबार, वैशाख ४, २०७८

३० बिगाहामा लगाएको गाँजा खेती नष्ट

ज्योतिन्यूज २०७७ पुष २७ गते १६:३९

मकवानपुर । राक्सिराङ गाउँपालिका-१ स्थित गाल्छाराङ, दुंगु, ज्यामिरे र विरालिटारका ३० बिगाहा जग्गामा अवैध रुपमा लगाएको अवैध लागूऔषध गाँजा खेती आइतबार प्रहरीले नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर, ईलाका प्रहरी कार्यालय मनहरी र दंगा नियन्त्रण प्रहरी गण हेटौंडाबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त गाँजा खेती फडानी गरी नष्ट गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया