आइतबार, चैत २९, २०७७

गुल्मीका एकजना सहित एकैदिन ६ जना मृत अवस्थामा फेला

ज्योतिन्यूज २०७७ पुष २७ गते १६:४१

काठमाडौं । तनहुँ आबुखैरेनी गाउँपालिका-२ नारीघाटस्थित धनराज गुरुङको जीर्ण अवस्थामा रहेको घरमा बिगत ७ वर्षदेखि बस्दै आएका निरौला नाम बताउने करिब ५५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ स्थित होटल सामनामा भक्तपुर बालकोट बस्ने ६० वर्षीय लेखजंग ध्वज केसी सोमबार मृत अवस्थामा फेला परेका छन् । केसी पुस १२ गतेदेखि उक्त होटलमा बस्दै आएको बुझिएको छ ।

यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१८ भुटनदेवी टोल बस्ने ५५ वर्षीय नवराज मालबु घरदेखि करिब २ सय सय मिटर भित्री सडकको छेउमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
धनुषा, धनौजी गाउँपालिका-५ बस्ने अलाउदिन नदाफकी १७ वर्षीया छोरी सबिना खातुन आफनै घरको कोठामा आइतबार मृत अवस्थामा फेला परेकी छन् ।

रुपन्देही, सिद्धार्थनगर नगरपालिका-१ वेलहीया बसपार्कस्थित तनहुँ होटलको कोठा नम्बर ११२ मा गुल्मी रुरु गाउँपालिका-२ अस्लेवा बस्ने ६० वर्षीय टोप सिंह कुँवर सोमबार मृत अवस्थामा फेला परेका छन् ।

दैलेख, दुल्लु नगरपालिका-१ तल्लोडुङ्गेश्वर बजारमा रोकी राखेको लु.अ अ ९८१४ नम्बरको मिनि ट्रकमा सोही ट्रकका चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१० बस्ने ५० वर्षीय गगा बहादुर सुनार गाडीभित्र सुतेको अवस्थामा आइतबार मृत फेला परेका छन् ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया