शुक्रबार, वैशाख १०, २०७८

अनुष्का र विराट कोहलीलाई पुत्री लाभ

ज्योतिन्यूज २०७७ पुष २७ गते १७:२७

काठमाडौँ । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीतथा बलिउड अभिनेत्री अनुष्का शर्मालाई पुत्री लाभ भएको छ । कोहलीले समाजिक सञ्जालमा यस बारेमा जानकारी दिएका हुन्।

उनले लेखेका छन्, ‘हामी खुशी छौँ की आज मध्यान्हमा हाम्री छोरी जन्मिएकी छन्। हामी तपाईँहरु सबैको माया, प्रार्थना र शुभकानमनाप्रति कृतज्ञ छौँ। अनुष्का र छोरी दुवै स्वस्थ छन् र जीवनको नयाँ यात्रामा जान उत्साहित छौँ। हामी आशा गर्छौ तपाई हाम्रो यो पल्टको गोपनीयताको सम्मान गर्नुहुनेछ। विराटको तर्फबाट धेरै माया!

प्रतिक्रिया