आइतबार, चैत २९, २०७७

कोरोना विरुद्धको खोप फागुनसम्ममा आइपुग्छ: स्वास्थ्य मन्त्रालय

ज्योतिन्यूज २०७७ पुष २८ गते १०:४०

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना विरुद्धको खोप कहिले आउछ भनेर तोकेर भन्न नमिल्ने तर फागुन महिना भित्रमा आइसक्ने बताउनु भएको छ ।

आज एक सञ्चारमाध्यममा कुराकानी गर्दै प्रवक्ता गौतमले भन्नुभयो “हामीले यो दिन खोप ल्याउने भनेर किटान गरि सम्झैता गरेको छैन, तर प्रकृया सुरु भइसकेको छ, खोप ल्याउदा ७ देखी ८ डिग्रीमा राख्न मिल्ने, सस्तो र डब्लुएचओले स्विकृत दिएको खोप मात्रै ल्याउछौ।”

प्रवक्ता डा. गौतमले ६० प्रतिशतलाई पुग्ने कोभ्याक्सबाट आउने बताउदै बाँकीको लागी जुन देशले छिटो र प्रभावकारी रुपमा निर्माण गर्छ त्यसलाई सरकारले पैसा तिरेर ल्याउने र जनतालाई निशुल्क रुपमा लगाउने बताउनु भयो ।

सरकारको पहिलो प्रथामिता उच्च जोखिममा रहेका स्वास्थ्यकर्मी, सुरक्षकर्मी लगायत अग्रपंक्तिमा रहेका व्यक्तिहरुलाई, ५५ वर्ष उमेरमाथिका र दीर्घरोगीहरुका लागि उपलब्ध गराइने प्रवक्ता उहाँको भनाई छ ।

प्रतिक्रिया