शुक्रबार, वैशाख १०, २०७८

बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष रेग्मी पक्राउ

ज्योतिन्यूज २०७७ पुष २८ गते १०:५९

काठमाडौं । बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मी पक्राउ परेकी छिन् ।

प्रतिलिपी अधिकार उल्लंघनको आरोपमा महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले सोमबार नियन्त्रणमा लिएको प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले जानकारी दिनुभयो ।

प्रवक्ता विष्टका अनुसार गायक प्रमोद खरेललगायत केही कलाकारहरूले प्रतिलिपि अधिकार उल्लंघनको आरोपमा उनीविरुद्ध जाहेरी दिएपछि अनुसन्धानका लागि प्रहरीले रेग्मीलाई सोमबार नियन्त्रणमा लिएको हो ।

सोही जाहेरीको आधारमा प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको थियो । अब उक्त मुद्दा सरकारी वकिल कार्यालय हुँदै अदालत पुग्ने र अदालतले यसबारे फैसला गर्ने प्रवक्ता विष्टले बताउनुभयो ।

प्रतिक्रिया