शुक्रबार, वैशाख १०, २०७८

ओली प्रतिगमनलाई मत्थर गर्न राष्ट्रवादी जस्तो बनाउन खोजियो

ज्योतिन्यूज २०७७ पुष २८ गते १२:४४

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनलाई मत्थर गर्न राष्ट्रवादी जस्तो देखाउन खोजिएको बताउनुभएको छ ।

देशी विदेशी शक्ति केन्द्रहरुले महान् राष्ट्रवादी भन्ने खालका ‘पगरी’ गुथाएर देशलाई परनिर्भरतामा फसाउने षड्यन्त्र भएको उहाँको भनाई छ ।

प्रधानमन्त्री ओलीले भारतीय टेलिभिजन जी न्युजलाई दिएको अन्तर्वार्तामा लिएर उहाँको राष्ट्रवादको चर्चा भइरहेका बेला डा. भट्टराईले सामाजिक सञ्जालमा लेख्दै देशलाई फेरी निरंकुशता, अल्पविकास र परनिर्भरतामा फसाउने षड्यन्त्र भइरहेको उहाँको भनाई छ ।

ओली प्रतिगमनलाई मत्थर गर्न,विषयान्तर गर्न र अन्तत: स्थापित गर्न २०१७ सालपछि महेन्द्रलाई झैं महान् राष्ट्रवादी, हक्की,साहसी,कसैसंग नझुक्ने आदिइत्यादि प्रायोजित पगरी भित्री/बाहिरी शक्तिहरूबाट गुथाइनेछ। नेपाली जनता र देशलाई उही निर्ंकुशता र अल्पविकास/परनिर्भरतामा फसाइनेछ! चेतना भया!, भट्टराईले लेख्नुभएको छ ।

प्रतिक्रिया