आइतबार, चैत २९, २०७७

लाठी प्रहार गरी भाइको हत्या, १ जना पक्राउ

ज्योतिन्यूज २०७७ पुष २८ गते १३:०२

बाँके । आफ्नै सहोदर भाई १७ वर्षीय रहिस खाँको टाउकोमा लाठी प्रहार गरी हत्या गरेको अभियोगमा नरैनापुर गाउँपालिका-४ नरैनापुर बस्ने ३० वर्षीय ईसाईल खाँलाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित वारीसी बाबा सामुदायिक वनमा गएको अवस्थामा ईसाईलले लाठी प्रहार गर्दा रहिसको घटनास्थलमै मृत्यु भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय नैनापुर र ईलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरी टोलीले ईसाईललाई नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया