एकैदिन चारजनाको शव फेला
ज्योतिन्यूज
२०७७ पुष २८ गते १३:०३
काठमाडौं । कैलाली धनगढी उपमहानगरपालिका-१६ ओझा टोल बस्ने ४५ वर्षीय मिन बहादुर साउद सोही ठाउँस्थित भागिराम चौधरीको पसल पछाडी रहेको गोठमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१३ फटकशिला बस्ने नबराज बिकको घरमा बिगत ९ महिनादेखि ज्याला मजदुरी गर्दै आईरहेका उदयपुर गाईघाट घर बताउने करिब ५५ वर्षीय लक्षु घिमिरे निजकै घरको आगनमा सुतेको अवस्थामा सोमबार मृत फेला परेका छन् ।
पाल्पा तानसेन नगरपालिका-१४ ऋषिकेश मन्दिर परिसरको पौवामा नुवाकोट वतन भएका ६० वर्षीय महानाथ नेपाल सोमबार मृत अवस्थामा फेला परेका छन् ।
दार्चुला शैल्यशिखर नगरपालिका-८ गोकुल खोलामा बैतडी डिलासैनी गाउँपालिका-६ बस्ने ७५ वर्षीय गगन सिंह बोहोरा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
सम्बन्धित
प्रतिक्रिया