आइतबार, चैत २९, २०७७

प्रचण्डको प्रश्न: जनयुद्ध कसरी कुहिएको फर्सी भयो ?

ज्योतिन्यूज २०७७ पुष २८ गते १५:२३

पोखरा । नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचिन चिन्ह सूर्य आफुहरुले पाउने दावी गर्नुभएको छ ।

मंगलवार पोखरामा गण्डकी प्रदेशका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले आफूहरुनै आधिकारिक भएको बताउँदै कुनै पनि हालतमा चुनाव चिन्ह पनि आफैले पाउने बताउनुभयो ।

प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धलाई कुहिएको फर्सी भनेकोमा आपत्ति जनाउँदै ओली गुटमा गएका पूर्व माओबादी नेताहरुले कसरी सुन्न सकेको भनेर प्रश्न समेत गर्नुभयो ।

उहाँले प्रधानमन्त्री ओलीप्रति संकेत गर्दै आफूहरू उखान र टुक्का भन्न तथा प्रहसन गर्न प्रदेशका कार्यक्रममा नआएको बताउँदै ओलीसंग पदको नभई विचारको लडाई भएको बताउनुभयो ।

प्रतिक्रिया