शनिबार, वैशाख ४, २०७८

मध्यपश्चिमाञ्चल विश्वविद्यालमा तनाव

ज्योतिन्यूज २०७७ पुष २८ गते १५:५२

काठमाडौँ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (मप)का प्राध्यापकहरुले विश्वविद्यालय प्रशासनले बल प्रयोगको नीति अवलम्बन गरी द्वन्द्व बढाउने कार्य गरेको भन्दै निन्दा गरेका छन् ।

प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल, नेपाल राष्ट्रिय प्राध्यापक संगठन, नेपाल प्राध्यापक समाज र राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघले संयुक्त विज्ञप्ति जारी गर्दै विश्वविद्यालय प्रशासनको निन्दा गरेका हुन् ।

शैक्षिक मागहरु राखेर ज्ञापन पत्र बुझाउन गएका विद्यार्थीहरुमाथि यही पुस २६ गते प्रहरी लगाएर गरिएको दमनको सन्दर्भमा उनीहरुले विरोध जनाएका छन् ।

प्रतिक्रिया