शनिबार, चैत २८, २०७७

भत्ता नपाएपछि बारा अस्पतालका कर्मचारी सेवा ठप्प पारेर आन्दोलनमा

ज्योतिन्यूज २०७७ पुष २८ गते १५:५३

काठमाडौँ । कोभिड १९ महामारीमा खटिए बापतको जोखिम भत्ता नपाएपछि बाराको कलैयास्थित जिल्ला अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलित भएका छन् ।

उनीहरुले आजदेखि अस्पतालमा धर्ना दिँदै आकस्मिक उपचार बाहेकका अन्य सबै सेवा बन्द गरेका छन् ।

सरकारले कोभिड १९ महामारीको समयमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी ,चिकित्सकलाई जोखिम भत्ता दिने निर्णय गरिसकेको छ ।

तर कलैया जिल्ला अस्पतालका स्वस्थ्यकर्मी, चिकित्सक र कर्मचारी गरी उक्त जोखिम भता नपाएपछि धर्ना र अस्पतालका सेवा ठप्प गरेर आन्दोलन सुरु हुन् ।

प्रतिक्रिया