शनिबार, वैशाख ४, २०७८

चुनाव चिन्ह र नेकपा नाम नपाए आँधीवेहरी ल्याउछौँ: प्रचण्ड

ज्योतिन्यूज २०७७ पुष २८ गते १६:११

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा र सूर्य चुनाव चिन्ह आफूहरूले नपाए आँधीवेहरी ल्याउने चेतावनी दिनुभएको छ ।

पोखरामा आयोजित कार्यकर्ता भेलामा सम्बोधन गर्दै उहाँले निर्वाचन आयोगले पनि आफुहरुलाई नै आधिकारिकता दिने पुष्टि भएको बताउनुभयो ।

आफूहरूसँग ७० प्रतिशत केन्द्रीय सदस्य रहेको कारण आधिकारिकता पाउने उहाँको दावी छ ।

प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेर कलंकको टीका लगाइसकेको आरोप लगाउँदै केपी गुटको पतन अनिवार्य रहेको बताउनुभयो ।

प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धलाई कुहिएको फर्सी भनेकोमा आपत्ति जनाउँदै ओली गुटमा गएका पूर्व माओबादी नेताहरुले कसरी सुन्न सकेको भनेर प्रश्न समेत गर्नुभयो ।

उहाँले प्रधानमन्त्री ओलीप्रति संकेत गर्दै आफूहरू उखान र टुक्का भन्न तथा प्रहसन गर्न प्रदेशका कार्यक्रममा नआएको बताउँदै ओलीसंग पदको नभई विचारको लडाई भएको बताउनुभयो ।

प्रतिक्रिया