शनिबार, वैशाख ४, २०७८

थपिए ४३० संक्रमित, पाँचजनाको मृत्यु

ज्योतिन्यूज २०७७ पुष २८ गते १६:१३

काठमाडौँ । मंगलवार नेपालमा ४३० जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६५ हजार ६९८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मंगलबार ३९० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५९ हजार ३५८ पुगेको छ।

हाल देशभर ४ हजार ४ सय ८ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घन्टामा ५ हजार ३ सय पीसीआर परीक्षण भएको छ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ३२ पुगेको छ।

प्रतिक्रिया