आइतबार, चैत २९, २०७७

उत्कृष्ट वर्ष पुरुष खेलाडीको अवार्ड मन्देकाजीलाई

ज्योतिन्यूज २०७७ पुष २८ गते २१:००

काठमाडौं । करातेका मन्देकाजी श्रेष्ठले ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत उत्कृष्ट वर्ष पुरुष खेलाडीको अवार्ड जितेका छन् ।

ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार भएको अवार्ड कार्यक्रममा मन्देकाजी वर्ष उत्कृष्ट पुरुष खेलाडी घोषित भएका हुन् ।

मन्देकाजीले फुटबलका विकेश कुथु, एथ्लेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ र गल्फका सुवास तामाङलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

मन्देकाजीले १३ औं सागमा एकल र टिम कातामा गरी दुई स्वर्ण जितेका थिए । आठौं राष्ट्रिय खेलकुदमा एकल कातामा स्वर्ण पदक जितेका उनी टिम कातातर्फ भने रजतमै सीमित भएका थिए ।

गत वर्ष बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिपमा भने मण्डेकाजीले एकल कातातर्फ कास्य र टिम कातामा स्वर्ण पदक जितेका थिए ।

प्रतिक्रिया