शनिबार, वैशाख ४, २०७८

ओलीमा कम्युनिष्ट आचरण छैन: माधव नेपाल

ज्योतिन्यूज २०७७ पुष २८ गते २१:१६

काठमाडौं । नेकपाका प्रचण्ड-नेपाल समुहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा कम्युनिष्ट आचरण नभएको बताउनुभएको छ ।

मंगलबार गण्डकी प्रदेश कमिटीले पोखरामा आयोजना गरेको कार्यकर्ता भेलामा सम्बोधनका क्रमा नेता नेपालले सो धारणा राख्नुभएको हो ।

नेपालले ओली सही बाटोमा फर्किएर सच्चिन समेत आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘केपी ओलीजीले संविधानमा ठूलो घात गर्नु भएको छ ।

म उहाँलाई अहिले नै सच्चिन आग्रह गर्छु-प्रतिनिधिसभा विघटनको निर्णय बेठीक भयो भन्नुस् । गल्ती स्वीकार गर्नुस् ।’

प्रतिक्रिया