शुक्रबार, वैशाख १०, २०७८

इक्यान शैक्षिक मेला माघ २ देखि ५ गतेसम्म हुने

ज्योतिन्यूज २०७७ पुष २९ गते ७:२६

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले यस वर्षको बृहत् १४औं शैक्षिक मेला आगामी माघ २ गतेदेखि ५ गतेसम्म अर्थात् जनवरी १५ तारिखदेखि १८ तारिखसम्म सञ्चालन गर्दैछ ।

कसरी हुने सहभागी ?
विगतका दिनमा भौतिक रुपमा सञ्चालन हुने मेलामा सहभागि भइ त्यहाँ रहेका कन्सलटेन्सी, विदेशी विश्वविद्यालय तथा कलेजका प्रतिनिधिसँग साक्षात्कार गर्न पाइन्थ्यो भने यसपटकको अनलाइन मेलामा विद्यार्थी र अभिभावकले आफू भएकै ठाउँबाट मोबाइल, ल्यापटपलगायतका ग्याजेटबाट प्रत्यक्ष रुपमा साक्षात्कार गर्न पाउनेछन् ।

कम्पनीका अनुसार यसका लागि मेलामा सहभागी हुन चाहनेहरुले मेलाको आधिकारिक वेवपोर्टल https://www.ecanfair.com/ मा गएर रजिष्ट्रेसन गर्नुपर्ने हुन्छ ।

जसमा उनीहरुले आफ्नो नाम, ठेगाना, इमेल, सम्पर्क नम्बर लगायतका जानकारी भरेपछि आफूले रोजेको देश तथा कन्सल्टेन्सी रोजेर उनीहरुका प्रतिनिधिहरुसँग प्रत्यक्ष रुपमा साक्षात्कार गर्न सक्नेछन् ।

मेलामा सहभागी हुन चाहनेहरुले माघ २ गतेदेखि ५ गतेसम्म अर्थात् जनवरी १५ तारिखदेखि १८ तारिखसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको जुनसुकै समयमा पनि सहभागीता जनाउन सक्नेछन् ।

प्रतिक्रिया