शनिबार, चैत २८, २०७७

लन्डनमा नेपालका ३५ वर्षीय विक्रम केसीको हत्या

ज्योतिन्यूज २०७७ पुष २९ गते ९:२५

काठमाडौं । लन्डनमा एक नेपाली युकको हत्या भएको छ । काठमाडौं स्थायी घर भएका ३५ वर्षीय विक्रम केसीको आइतबार राति करिब साढे १० बजे लन्डनको इस्टकोट रेल स्टेसन अगाडि हत्या भएको हो ।

उनी त्यहाँको ‘सोसल ढाबा’ रेस्टुरेन्टमा कार्यरत थिए । कामबाट फर्कँदै गर्दा उनको बाटोमा एक युवकसँग झगडा भएको थियो । झगडाका क्रममा कुटपिट भएपछि उनको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीले कुटपिट गरि केसीको हत्या गर्ने युवकलाई नियन्त्रणमा लिइसकेको छ । नियन्त्रणमा लिइएका युवकको पहिचान खुलिसकेको छैन । झगडाको कारणबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको त्यहाँका सञ्चार माध्यमहरूले जनाएका छन् ।

मृतक केसी कुवेत हुँदै सन् २००७ मा लन्डन पुगेका थिए । उनको साथमा त्यहाँ श्रीमती तथा भाइ बुहारी समेत थिए ।

प्रतिक्रिया