शनिबार, वैशाख ४, २०७८

दाहाल नेपाल समूहले आज पनि देशभर प्रदर्शन र विरोध गर्ने

ज्योतिन्यूज २०७७ पुष २९ गते १०:१८

काठमाडौं । नेकपाको दाहाल नेपाल समूहले आज (बुधबार) पर्चा वितरण, भेला तथा प्रशिक्षण र प्लेकार्ड प्रदर्शन लगायतका विरोधका कार्यक्रमहरु गर्ने भएको छ ।

पूर्व घोषित दोस्रो चरणको कार्यक्रम अन्तर्गत आज दाहाल नेपाल समूहका कार्यकर्ताहरुले घर घरमा पर्चा वितरण गर्नुका साथै टोल टोलमा कालो झण्डा गाड्ने र प्रतिनिधि सभा विघटनका विरुद्धमा निर्वाचन क्षेत्र स्तरीय कार्यकर्ता भेला गर्ने भएका हुन् ।

यी सवै कार्यक्रम देशभरका सवै पालिका तथा निर्वाचन क्षेत्रहरुमा स्थानीय नेता तथा कार्यकर्ताहरुको अनुकुलताका आधारमा हुने केन्द्रीय नेताहरुले जानकारी दिएका छन् ।

उनीहरु निकटकै विद्यार्थीहरुले भने काठमाडौ स्थीत नेपाल ल क्याम्पस अगाडि प्रदर्शनी मार्गमा संविधान वाचन कार्यक्रमको आयोजना गरेका छन् ।

अनेरास्ववियुको क्याम्पस प्रारम्भीक कमिटिको आयोजनामा दिउसो साढे १२ बजेपछि कार्यक्रम हुने जनाइएको छ । नेरास्ववियुकै केन्द्रीय कमिटिको निर्णय अनुसार उनीहरुले आज देशभरी सडकमा प्लेकार्ड सहित कार्टुन प्रदर्शन पनि गर्ने भएका छन् ।

दाहाल नेपाल निकट नेकपा काठमाडौ जिल्ला कमिटीले आज काठमाडौमा बृहत् कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने तयारी गरेको छ ।

दिउसो साढे १२ बजेपछि प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने कार्यक्रममा अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधव पाललगायतका नेताहरुले सम्वोधन गर्नुहुने नेता हिमाल शर्माले जानकारी दिनुभयो । उहाँले देशका अरु धेरै ठाउँमा यस्तै कार्यक्रमहरु आयोजना गरिएको पनि बताउनुभयो ।

प्रतिक्रिया